काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको अमेरिका भ्रमणतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक रूपमा भ्रमण गर्न लागेको जानकारी दिएको हो ।
अमेरिकाको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालय दुवैले करिब एक महिनाभन्दा बढी समन्वय गरेपछि परराष्ट्रमन्त्री साउदको भ्रमणको औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।मन्त्री साउदलाई सोमबार वासिङ्टन डीसीमा स्वागत गरेलगत्तै सोही दिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता हुनेछ । परराष्ट्रमन्त्री साउद संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आइतबार स्वागत गरेर द्विपक्षीय भेटवार्ता गरेपछि बेलुकी अमेरिका जाने भएका हुन् ।
मन्त्री साउद सन् २०१८ पछि अमेरिका भ्रमण गर्ने नेपालका उच्च पदाधिकारी हुनेछन् । सन् २०१८ डिसेम्बर १८ देखि २१ मा केपी ओली नेतृत्वका सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गरेका थिए । त्यस बेला उनले डोनाल्ड ट्रम्प प्रशासनका विदेशमन्त्री माइकल पम्पियोलाई भेटेका थिए । यस पटक साउदले जो बाइडेन प्रशासनका विदेशमन्त्री एन्टोनी ब्लिकेनसँग द्विपक्षीय भेटवार्ता गर्न लागेका हुन् ।
परराष्ट्रमन्त्री साउद केही समयअघि न्युयोर्कमा भएको संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँगै अमेरिकाका आएका थिए । उक्त समयमा साउदको व्यस्तता नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धभन्दा पनि राष्ट्र सङ्घको बहुआयामिक कूटनीतिमै केन्द्रित रहेको थियो । तर साउदले त्यस बेला पूर्वविदेशमन्त्री माइक पम्पियोसँग न्युयोर्कमा भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्धको बारेमा कुराकानी गरेका थिए ।
परराष्ट्रमन्त्री साउदले अमेरिका भ्रमणका दौरान अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख प्रशासक सामान्था पावर, अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की प्रमुख कार्यकारी अधिकृत एलिस पी। अलब्राइट र अमेरिकी सरकारका अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, परराष्ट्रमन्त्री साउदले अमेरिकी सांसद तथा नेपाल ककसका सहअध्यक्ष माइक केरीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।
त्यसबाहेक परराष्ट्रमन्त्री साउदले अमेरिकी इन्स्टिच्युट अफ पिसमा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै, नेपाली-अमेरिकी व्यापारिक समुदाय, प्राविधिकसम्बन्धी एडभाइजरी नेटवर्क र एनआरएनएका प्रतिनिधिहरूसँग कुराकानी गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, १८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवार हुनुपर्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता