काठमाडौँ । नेपाल टेलिकमले बडादसैँको अवसरमा सामूहिक रुपमा शुभकामना सन्देश पठाउन आफ्ना विभिन्न प्याकेज सर्वसाधारणका लागि फलदायी हुने जनाएको छ ।पहिलादेखि नै सञ्चालनमा रहेको ‘ग्रुप एसएमएस’ सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिने टेलिकमले जनाएको छ ।
यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ ।प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्ने जनाइएको छ ।
हजार ५०० रुपैयाँमा ५ दिनभित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ भने ५ हजार रुपैयाँमा १० दिनभित्रमा १० हजार एसएमएस पठाउन सकिने व्यवस्था रहेको टेलिकमले जनाएको छ ।नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश नरहेको पनि टेलिकमले प्रस्ट पारेको छ ।
यो सेवाप्रयोग गर्न प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्ने र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने पनि जनाइएको छ । यो सेवाप्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सक्ने जनाइएको छ । एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरि यही प्रक्रिया दोहो¥याई आफूले चाहेबमोजिमका मोबाइल नम्बरमा सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको प्रवक्तामा भट्ट
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको दरखास्त स्वीकृत
टेलिकमको प्रबन्ध निर्देशक पदमा १७ जनाको आवेदन
नेपाल टेलिकमले ल्यायो जिएसएम मोबाइल तथा एफटिटिएचमा आकर्षक प्याकेज
गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफर
बढ्यो नेपाल टेलिकमको नाफा