काठमाडौँ । यस हप्ता २९.२४ अंकले बढ्दै नेप्से सूचक १९ सय ३.१९ अंकमा उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन असोज २५ गते २०.१६ अंकले घट्दै नेप्से सूचक १८ सय ७४.६० अंकमा अडिएको थियो ।
त्यस यता साताको पहिलो कारोबार दिन आइतबार नै २३.१६ अंकले घटेको नेप्से सूचक अन्तिम कारोबार दिन कात्तिक २ गते बिहीबार ४.०५ अंकले घट्यो । तर, चार दिन मात्र कारोबार भएको यस हप्ताको बाँकी दुई दिन कात्तिक १ गते र २ गते नेप्से सूचक क्रमशः १३.१८ अंक र ४३.२७ अंकले बढ्दा यो साता पोजेटिभ देखियो ।
यद्यपि, नेप्से सूचकमा केही राम्रो संकेत देखिए पनि कारोबार भने खासै हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता २९ अंकले बढेको बजारमा जम्मा ३ अर्ब ८५ करोड ७१ लाख १२ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
सबैभन्दा बढी यो साता हाइड्रोपावर समूहको १९ करोड ४४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै कमर्सियल बैंकहरुको १६ करोड ९० लाख ६ हजार रुपैयाँ बराबरको, कम्पनीहरूको प्रमोटर सेयर १२ करोड ११ लाख २९ हजार रुपैयाँ बराबरको र जीवन बिमा समूहको १० करोड ८७ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् ।
मार्केट क्यापिटलाइजेशन ४४ अर्ब बढ्यो
उसो त यो साता समग्र सेयर बजारमा सकारात्मकता आएसँगै यता मार्केट क्यापिटलाइजेशन समेत ४४ अर्बमाथिले बढ्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता कूल ४४ अर्ब ८७ करोड ८० लाख ७४ हजार रुपैयाँ सेयर पुँजी बढ्दै २९ खर्ब २१ अर्ब ७२ करोड ४६ हजार रुपैयाँ हाराहारी पुगेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो मार्केट क्यापिटलाइजेशन (सेयर पुँजी) २८ खर्ब ७६ अर्ब ८४ करोड १० लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार