काठमाडौ । कैलालीमा चितुवाको छाला र चरेससहित ३ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ सहिद गेटनजिक जुमेरा होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया, बूढीगंगा नगरपालिका–१० का ३० वर्षीय हेमराज जैसी र बैतडीको मेलौली नगरपालिका–३ का २४ वर्षीय करन चन्द छन्।
उनीहरुलाई बुधबार साँझ विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट ७ फिट ६ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइ भएको चितुवाको छाला एकथान तथा ६ किलो ७४० ग्राम लागुऔषध चरेस बरामद गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ