काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१३ लालापुरबाट खेरो हेरोइनसहित सोही उपमहानगरपालिका-२२ का ३४ वर्षीय अलताब किङगरीया बुधबार अपराह्न पक्राउ परेका हुन् ।
यसैगरी, तनहुँको व्यास नगरपालिका-२ उत्तरशीलाका २९ वर्षीय पूर्णबहादुर थापालाई गाँजासहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा करिब एक किलो गाँजा फेला पारेको थियो हो । उनी पनि बुधबार अपराह्न पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ बैशाख २०८३, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
युवकको मलद्वारमा फेला पर्यो ब्राउन सुगर