स्याङ्जा । मोटरसाइकलमा लिफ्ट दिने बहानामा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनका अनुसार पुतलीबजार नगरपालिका–१ मालेबगरस्थित सार्वजनिक सडकखण्डमा युवकले महिलालाई लिफ्ट दिएका थिए ।
पीडित महिलाले दिएको जाहेरी अनुसार मंगलबार बिहान करिब ७ बजे मोटरसाइकलमा लिफ्ट दिएका सुनारले फोन नम्बर मागेका थिए । नम्बर दिन अस्वीकार गरेपछि ती युवकले अश्लील हर्क गरेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ बैशाख २०८३, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ