विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २७ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
विराटनगरबाट काठमाडौँ जान लागेका यात्रुको सुरक्षा जाँच गर्ने क्रममा २६ लाख ९८ हजार रुपैयाँ नगदसहित दुई जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका अनुसार, वैशाख १८ गते राति बुद्ध एयरको उडानबाट काठमाडौँ जान लागेको अवस्थामा एक युवक र शनिबार दिउँसाे अर्का युवक पक्राउ परेका हुन्।
वैशाख १८ गते राति पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१८ का ३५ वर्षीय दिलीप तामाङ छन्। उनको झोलाबाट स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, वैशाख १९ गते दिउँसो श्री एयरको उडानमार्फत काठमाडौँ जान लागेका भारतको मालदा जिल्ला निवासी ३६ वर्षीय मोहिदिल अलिलको साथबाट १५ लाख ९८ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले जानकारी दिइन्।
बरामद गरिएको २६ लाख ९८ हजार रुपैयाँको कुनै आधिकारिक स्रोत नखुलेपछि दुवै जनालाई रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी चुडालले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० बैशाख २०८३, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ