बुटवल। दाङमा चोरीको एक लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा तुलसीपुर ५ का २१ वर्षीय आयुष विक र १८ वर्षीय सुनिल मगर रहेका छन् ।
बैंकबाट रकम निकालेर घर फर्कदै गरेका एक व्यक्तिको रकम लुटेर भाग्दै गरेका उनीहरूलाई तुलसीपुरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर पोखरेलले जानकारी दिए ।
उनका अनुसार बुधवार दिउँसो १ बजे तुलसीपुर–८ का दिनेश वलीले बैंकबाट निकालेको रकम लिएर उनीहरू भागेका थिए ।लुटपाट भएको खबरपछि इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट खटिएको प्रहरीटोलीले उनीहरूलाई नगद १ लाख रुपैयाँ र एक थान मोवाइलसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ