काठमाडौं । शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धेरैपछि लगातार दोस्रो दिन दोहोरो अंकको वृद्धि देखिएको छ । साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से ४३.२७ अंकले बढेर १९०७ बिन्दुमा पुगेको छ । मंगलबार पनि नेप्से १३.१८ अंकले बढेको थियो ।
नेप्से बढे पनि कारोबार रकम भने खुम्चिएको छ । मंगलबार एक अर्ब ८४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ९३ करोड ४८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको हो ।
नेप्सेका अनुसार आज कारोबार भएका २२३ कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । आज नेप्सेमा ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०१ कार्तिक २०८०, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो नेप्से परिसूचक
२५४४ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार
घट्यो सेयर बजार
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार