विराटनगर । राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले उनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । ‘प्रदेशमा विपक्षी चाहिन्छ, हामी विपक्षीमा बस्छौं,’ राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले भने ।
बुधबार बिहान बसेको नेकपा एमाले र नेपाली कांग्रेस दलको छुट्टाछुट्टै बैठकले विश्वासको मत दिने निर्णय गरेका थिए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले यसअघि नै विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित