काठमाडौँ । लागुऔषध कारोबार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका घर भएका २८ वर्षीय सुशान्त अवाल, सप्तरी घर भएका २६ वर्षीय कृष्ण कुमार दास, २७ वर्षीय दिपेन्द्र कुमाार यादव र २९ वर्षीय जितेन्द्र्र कुमार रमन छन् ।
असोज २३ मा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले भक्तपुर नगरपालिका–२ सानेब्यासीबाट बागमती प्रदेश–०२–०३४ प २३२५ नम्बरको स्कुटरमा सवार सुशान्तलाई पक्राउ गरेको थियो ।
सुशान्त सवार स्कुटरको डिकीमा नोर्फिन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल, फेनारगन ४५ एम्पुल र ६ थान सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।सुशान्तको बयानको आधारमा थप ४ जना पक्राउ परेका हुन् । आरोपीहरुबारे जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ