काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिब्बत मूलका भारतीय नागरिक थिन्ले छोदेन छन् ।
थिन्लेको साथबाट १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र ५ हजार भारतीय रुपैयाँ बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डिआईजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए । चीनको सिचुआन प्रान्तबाट आएका छोदेन विमानस्थलमा ओर्लेर दिल्लि उड्न लागेको अवस्थामा पक्राउ परेका हुन् ।
उनी भारतको धर्भशालामा बस्ने गरेको थाहा भएको छ । छोदेनबाट बरामद डलर र चिनियाँ रुपैयाँ नेपाली ३१ लाख ८० हजार बराबर छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ