काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिब्बत मूलका भारतीय नागरिक थिन्ले छोदेन छन् ।
थिन्लेको साथबाट १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र ५ हजार भारतीय रुपैयाँ बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डिआईजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए । चीनको सिचुआन प्रान्तबाट आएका छोदेन विमानस्थलमा ओर्लेर दिल्लि उड्न लागेको अवस्थामा पक्राउ परेका हुन् ।
उनी भारतको धर्भशालामा बस्ने गरेको थाहा भएको छ । छोदेनबाट बरामद डलर र चिनियाँ रुपैयाँ नेपाली ३१ लाख ८० हजार बराबर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ