काठमाडौँ। मधेश प्रदेशसभा बैठक नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् । सरकारले मनोमानी गरेको भन्दै एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए । सांसद दीपेन्द्र ठाकुरले प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहवरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री पछि हटेको आरोप लगाए ।
उनले भने, ‘सबै दलका नेतालाई राखेर मुख्यमन्त्रीले सहमति गर्नुभएको थियो । १५ दिनको समय मागेको थियो । तर, महिनौँ बित्दा पनि चासो नदिएर आफ्नो कामकारबाही अगाडि बढाउनु भएको छ । त्यसैले हामीलाई जवाफ चाहियो ।’
उठेर विरोध गरिरहेका एमाले सांसदहरुलाई बस्न सभामुख मण्डलले पटक पटक आग्रह गरेका थिए । तर, उनीहरू मुख्यमन्त्री वा सरकारबाट जवाफ नआएसम्म बैठक अवरुद्ध गर्ने भनेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध
देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)
मधेश प्रदेश सभामा विपक्षी दलहरूको अवरुद्ध
पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध
तीन वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूचीसहित)
डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध