काठमाडौँ । गुल्मी जिल्लाको कालिगण्डकी करिडोर सडक फेरि पहिरोले अवरुद्ध भएको छ। आइतबार बिहान कालिगण्डकी गाउँपालिका वडा नम्बर-६ बर्लवा तथा वडा-१ गरगरे क्षेत्रमा चट्टानसहितको ठूलो पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको ।
प्रहरीका अनुसार माथिबाट खसेको पहिरोले सडक सम्पूर्ण रूपमा पुरिएकाले सवारी आवागमन ठप्प भएको हो। यसले यात्रु र स्थानीयवासी प्रभावित भएका छन्। बाटो खुलाउन इलाका प्रहरी चौकी भुर्तुङ गुल्मीबाट प्रहरी टोली खटिएको छ। कालिगण्डकी करिडोर मनसुन सुरु भएसँगै पटक-पटक पहिरोले अवरुद्ध हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २९ असार २०८२, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
कालीगण्डकी करिडोर गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा
कालीगण्डकी करिडोर: बादरजुङ र काभ्रेभिरको यात्रा सहज