काठमाडौँ । बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (शनिबार) बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार देशका ५ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ७ स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेका छन्।
प्रहरीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यस्तै रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका–२, ३ मा पर्ने पासाङल्हामु सडक खण्ड र उत्तरगया गाउँपालिका–५ गल्छी–त्रिशूलीदेखि मैलुङ–स्याफ्रु पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, रुकुम पश्चिममा बाढीका कारण आठबिसकोट नगरपालिका६ स्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ साउन २०८२, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
बीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
बाढी-पहिरोको कारण अझै कुन-कुन राजमार्ग अवरुद्ध छन् ?