रसुवामा पासाङल्हामु सडक अवरुद्ध

रासस

सोमबार, १२ साउन २०८२, १० : ४७
रसुवामा पासाङल्हामु सडक अवरुद्ध

काठमाडौँ । रसुवामा पासाङल्हामु सडक अवरुद्ध भएको छ। गोसाईंकुण्ड गाउँपालिका-२, फ्याङलुङ र घट्टे खोलामा बिहान करिब ०७:३० बजे उक्त दुई स्थानस्थित सडकमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

अहिले पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रुवाहक सवारीसाधन रोकिएका छन्।

 

प्रतिक्रिया दिनुहोस