काठमाडौँ । बाढी पहिरोका कारण शनिवार देशभरका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी पहिरोका कारण पाँच वटा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने चार सडक खण्ड एकतर्फी सुचारु भएको छ ।
सङ्खुवासभामा कोशी राजमार्ग, रसुवामा चीनको नाका जोड्ने पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग तथा रुकुम पश्चिम र डोल्पामा भेरी करिडोरका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन्। यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही सडक खण्डमा भने पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गरिएको छ। बागलुङ र गुल्मी भएर जाने कालीगण्डकी करिडोर तथा रोल्पाको शहीद राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्।
प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेको र यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ असार २०८२, १७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध
वीपी राजमार्ग अवरुद्ध
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन