मुगु । मुगुको एक होटेलमा जुवातास खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । छायाँनाथ रारा नगरपालिका-२ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ टोप्ला बस्ने ३१ वर्षीय पशुपति शाही समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रुपैयाँ सहित पक्राउ गरेको बताइएको छ । यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँस्थित होटेल टपटाउनमा जुवातास खेलिरहेको छायाँनाथ रारा नगरपालिका-७ पिना गाउँ बस्ने ३२ वर्षीय सूर्य बहादुर शाही समेत ८ जनालाई नगद १३ हजार ६ सय ४९ रुपैयाँसहित शनिबार दिउँसो पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ