काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी मगलबार अर्थात् असोज ३० गते १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी नवीकरण गर्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार ९१ दिने ट्रेजरीका लागि ८ अर्ब ७० करोड रुपैयाँ छुट्टाइएको छ भने १८२ दिनेका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिने ट्रेजरीका लागि ६ अर्ब रुपैयाँ छुट्टाइएको छ ।
सोमबार बोलकबोल हुने ट्रेजरी मंगलबार अर्थात् असोज ३० गते बिक्री गरिनेछ । यसअघि केन्द्रीय बैंकले असोज २२ गते १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट