काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । चीन भ्रमणको ब्रिफिङ, विशेष रूपान्तरण अभियान, विद्यालय शिक्षा विधेयक लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको पदाधिकारीका एक सदस्यले जानकारी दिए ।
बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । ती नेताका अनुसार बैठकमा सबै प्रदेश इन्चार्जले एक महिनाको समीक्षा रिपोर्ट प्रस्तुत गर्ने सम्भावना रहेको छ ।
‘बैठकको एजेन्डा प्रधानमन्त्रीको चीन भ्रमण, पार्टी रूपान्तरण अभियानको समीक्षा, विद्यालय शिक्षा विधेयक लगायत विषय रहेका छन्’, ती पदाधिकारीले भने, ‘यीबाहेक नेसपासँग पार्टी एकता र समसामयिक राजनीति विषयमा पनि छलफल हुन सक्छ ।’
भदौ ३० गते डा. बाबुराम भट्टराईलाई बाइपास गरेर नेसपाका दोस्रा अध्यक्ष महिन्द्रराय यादवलाई पार्टी एकतासम्बन्धी पत्र पठाएपछि भट्टराई असन्तुष्ट रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?