सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आइतबार २ बजेदेखि मतदान सुरु भएको अध्यक्ष मण्डलका सदस्य मोहनमाया ढकालले जानकारी दिइन् ।
शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार शनिबार दिउँसो १२ बजे मतदानको समय तोकिएको थियो । तर शनिबारदेखि ६ पटकसम्म मतदानको समय सरेर अन्तिम पटक आइतबार दिउँसो १ बजेका लागि तोकिएको थियो ।
आइतबार पनि बिहान ८ बजेदेखि मतदान गर्ने भनिए पनि तयारी नपुगेपछि १ बजेलाई सारिएको थियो । १० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरेर मतदान सुरु भएको अध्यक्ष मण्डलले जनाएको छ ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित १३० सदस्य चयन हुनेछन् । गत बुधबार सुरू भएको अधिवेशन अन्तर्गत शुक्रबार बन्द सत्र सम्पन्न भएको थियो । सहमतिको प्रयास सफल नभएपछि नेतृत्व चयनका लागि निर्वाचन घोषणा गरिएको थियो । एमाले प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन् ।
त्यस्तै, सचिवमा धुव्रकुमार शाही र रुद्रबहादुर शाहीको प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन
चुनाव हारको दुई महिना वित्दासम्म एमालेले गरेन चुनावी समीक्षा
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति