काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ ।
प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल उम्मेदवार छन् । यसअघि केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराए पनि उनीहरुले पछि फिर्ता लिएकाले दुई जनाबीच मात्र अध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो ।
यसैगरी उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जना उम्मेदवार छन् । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला तथा सचिव पदमा नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व टुंगो लगाउन निर्देशन दिए पनि सहमतिको प्रयास विफल भएपछि निर्वाचन गरिएको हो । एमालेको बागमती प्रदेश अधिवेशन असोज ८ गतेदेखि सुरु भएको थियो । मतदान सुरु गर्ने भाका सरेको सर्यै गर्दा कार्यकर्ताहरु पार्टी कार्यालय परिसरमा अलपत्र परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग