काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ ।
प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल उम्मेदवार छन् । यसअघि केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराए पनि उनीहरुले पछि फिर्ता लिएकाले दुई जनाबीच मात्र अध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो ।
यसैगरी उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जना उम्मेदवार छन् । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला तथा सचिव पदमा नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व टुंगो लगाउन निर्देशन दिए पनि सहमतिको प्रयास विफल भएपछि निर्वाचन गरिएको हो । एमालेको बागमती प्रदेश अधिवेशन असोज ८ गतेदेखि सुरु भएको थियो । मतदान सुरु गर्ने भाका सरेको सर्यै गर्दा कार्यकर्ताहरु पार्टी कार्यालय परिसरमा अलपत्र परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली डराउँदा झुलाइयो मतदाता ? : जाडोको बहाना
एमालेको जारी एघारौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूची)
ओलीतिर फर्किदै असन्तुष्ट नेताहरु
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'
एमाले महाधिवेशन : यिनिहरु भए निर्विरोध निर्वाचित
एमाले महाधिवेशन : आज मतदान, ओली-पोखरेल समूहबीच भिडन्त, कसले मार्ला बाजी ?