मूर्तिकार कुमालेका अद्वितीय कलाको संरक्षण र सवर्द्धन गर्न सक्नुपर्छ : उपराष्ट्रपति यादव

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १४ : ३३
मूर्तिकार कुमालेका अद्वितीय कलाको संरक्षण र सवर्द्धन गर्न सक्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मूर्तिकार कालु कुमालेका अद्वितीय कलाको संरक्षण र प्रवर्द्धन गर्न सक्नुपर्ने बताएका छन । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच मूर्तिकार कुमालेको ‘देउता बनाउने मान्छे’ नामक पुस्तक सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन ।

उपराष्ट्रपति यादवले मूर्तिकार कुमालेजस्तो महत्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्नुपर्ने समेत बताए । उनिद्वारा सृर्जित मूर्तिहरु मठ, मन्दिर, विहार, गुम्बाहरुमा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरिया एण्ड एल्वर्ड म्युजियमसहित विभिन्न मुलुकमा पुगिसकको उल्लेख गर्दै उनले यो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि बताए ।

उपराष्ट्रपति यादवले मूर्ति बनाएरै देशविदेशमा समेत लोकप्रिय हुनुभएका मूर्तिकार कुमाले अन्य कलाकारहरुका लागि पनि प्रेरणा र उत्पेरित गर्ने व्यक्तिको रुपमा स्थापित हुनु भएको पनि स्पष्ट पारे । उनले मूर्तिकार कुमालेले मूर्ति बनाएर पनि जीवनयापन गर्न सकिन्छ भन्ने दृष्टान्त पेश गरेको भन्दै खुशी व्यक्ति गरे ।

उपराष्ट्रपति यादवले कुमालेले मूर्तिकलाको माध्यामबाट गरिव किसान परिवारमा जन्मिएर पनि धैर्य र लगनशील भए सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण पेश गर्नुभएको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस