राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन गर्नेगरी जिम्मेवारी

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०८२, ०७ : ३४
राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन गर्नेगरी जिम्मेवारी

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा रहेकाले राष्ट्रपतिबाट सम्पादन हुने संवैधानिक तथा औपचारिक कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने भएको छ ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल माघ १८ गतेदेखि २१ गतेसम्म जापान भ्रमणमा रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको अनुपस्थितिमा संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन हुने गरी तोकिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेल आइतबार जापान प्रस्थान गरेको उल्लेख छ ।