काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले भेटवार्ता गरेकी छन्। सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको हो।
भेटमा शुभकामना आदानप्रदान पश्चात् नेपाल-श्रीलंका सम्बन्धका विविध आयामबारे संवाद भएको थियो । उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीचको सम्बन्ध मित्रता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित रही सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निरन्तर विस्तार हुँदै आएको उल्लेख गरे।
दुई देशबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध, जनस्तरबीचको आपसी सम्बन्ध तथा बुद्ध धर्मसँगको ऐतिहासिक सम्बन्धले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए।
उनले भने, ‘लुम्बिनीलाई ‘विश्व शान्तिको मुहान’का रूपमा विकास गर्न श्रीलंका सरकारले पुर्याएको योगदानप्रति नेपालले प्रशंसा गर्दछ ।’
उपराष्ट्रपति यादवले श्रीलंकाली तीर्थालुहरूका लागि लुम्बिनी पवित्र स्थल रहेको र काठमाडौं–कोलम्बो सिधा उडानले भ्रमणलाई सहज बनाएको उल्लेख गरे। हालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् कोलम्बो–भैरहवा सिधा उडानले श्रीलंकाली पर्यटकलाई लुम्बिनी भ्रमणमा थप प्रोत्साहन दिने विश्वास समेत उनले व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असार २०८३, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन गर्नेगरी जिम्मेवारी
समावेशी सिद्धान्तमा आधारित समाज निर्माण गर्ने सङ्कल्प गरौँ : उपराष्ट्रपति
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई
उपराष्ट्रपति यादव युएईको स्वागत समारोहमा सहभागी
भियतनामका उपराष्ट्रपति आज नेपाल आउँदै