काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिने भएका छन् ।
भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिने भएका हुन् ।
बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिने लगभग देखिए पछि चन्द पुनः निर्वाचित हुन लागेका हुन् ।
उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गर्न लागेका हुन् ।
उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको छ । अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता गराईनसकेकाले उनी नै सर्बसम्मत हुने सम्भावना देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियन राजदूतको उपस्थितिमा क्यान र एनएभीबिच सहकार्य सम्झौता
विश्वकपमा छनोट हुन सफल क्रिकेट टोलीलाई क्यानले ५० लाख दिने
क्यानले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने
क्रिकेटलाई प्रोत्साहन गर्न क्यान र डिशहोम फाइवरनेटबीच साझेदारी
यति एयरलाईन्सलाई क्यानद्धारा सम्मापनपत्र प्रदान
क्यानको निर्वाचन आज, अध्यक्षमा को–को छन् उमेदवार ?