काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिने भएका छन् ।
भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिने भएका हुन् ।
बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिने लगभग देखिए पछि चन्द पुनः निर्वाचित हुन लागेका हुन् ।
उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गर्न लागेका हुन् ।
उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको छ । अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता गराईनसकेकाले उनी नै सर्बसम्मत हुने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने