काठमाडौं । कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय एक फरार प्रतिवादी पक्राउ परेका छन्। साढे २१ वर्ष जेल सजाय तोकिएका रोल्पाको रुन्टीगढी गाउँपालिका-१ रिठाबोटका ९२ वर्षीय पहले कामीलाई प्रहरीले आज घरबाटै पक्राउ गरेको हो।
जिल्ला अदालत रोल्पाले २६ वर्ष पहिले २०५४/१२/१० गते कर्तव्य ज्यान मुद्दामा कामीविरूद्ध २१ वर्ष ६ महिना कारावासको सजाय तोकेको थियो। अदालतको फैसलापछि कामी फरार रहँदै आएका थिए।
पक्राउपछि भदौ १ गते उनलाई अदालत उपस्थित गराइएको र अदालतको आदेशलाई तोकिएको कारावास सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान