कपिलवस्तु । कुटपिट गरेर बाबुको हत्या गरेको आरोपमा वाणगंगा नगरपालिका-८, पुल चोकका विकास परियारलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका २६ वर्षीय विकासले घरायसी सामान्य विवादमा आफ्ना बाबुलाई दाउराको चिरपटले हिर्काएका थिए।
छोराको कुटाईका कारण ६० वर्षीय बुवा बल बहादुर परियारको टाउकोमा गहिरो चोट लागेको थियो। घाइते भएका परियारको उपचारका क्रममा कपिलवस्तु सामुदायिक अस्पतालमा मृत्यु भएको थियो।
परियारलाई कर्तव्य ज्यान मुद्दामा कपिलवस्तु अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रियाअघि बढाएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान