एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको कथित हत्यामा भारतको संलग्नता रहेको कुरा गरे पछि तिब्र बिबाद सुरू भएको छ ।
भारतले ट्रुडोले लगाएका यी आरोपको खण्डन गरिरहेको बेला प्रधानमन्त्री ट्रुडोको आरोपको खण्डन गर्दै क्यानडाका विपक्षी नेता पियरे पोइलिभ्रेले अब सबै तथ्यसहित स्पष्ट रूपमा आउनु पर्ने बताएका छन्।
‘मलाई लाग्छ कि प्रधानमन्त्रीले सबै तथ्यहरूसँग स्पष्ट हुनु आवश्यक छ। हामीले सबै सम्भावित प्रमाणहरू जान्न आवश्यक छ ताकि क्यानेडियनहरूले त्यसमा निर्णय गर्न सकून,’ पोइलिभ्रेले पत्रकारहरूसँग भने ।
क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि अरु के गर्ने ? भन्ने प्रश्नमा पोइलिभ्रेले यस्तो जवाफ दिएका हुन् ।
पोइलिभ्रेले भने, ‘प्रधानमन्त्रीले कुनै तथ्य दिएका छैनन्। उनले बयान मात्रै दिएका छन्। म मात्र यो जोड दिन्छु कि उनले क्यानाडालीहरूलाई सार्वजनिक रूपमा भनेका कुरामा हामी थप जानकारी जान्न चाहन्छौं।’
उनले थप जानकारी नदिइएमा आरोप झूटो वा पत्याउन नसकिने बताए । सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले हिजो दिएको निष्कर्षमा पुग्न सहयोग पुग्ने प्रमाण चाहिनेसमेत बताएका छन् ।
ट्रुडोले हरदीप सिंह निज्जरलाई गोली हानी हत्या गरेको आरोप भारत सरकारलाई लगाएका थिए। उनले आफ्नो देशका राष्ट्रिय सुरक्षा अधिकारीहरूको भनाई उद्यृत गर्दै ‘भारत सरकारका एजेन्टहरूले’ क्यानाडाली नागरिकको हत्या गरेको दाबी गरेका थिए । त्यसपछि भारत र क्यानडा बिच तनाब बढेकाे छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ असोज २०८०, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा