प्रदेश र सांसदको संख्या घटाउनुपर्छ : चन्द्र भण्डारी

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०८०, १६ : ५०
प्रदेश र सांसदको संख्या घटाउनुपर्छ : चन्द्र भण्डारी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले प्रदेश र मन्त्रीहरूको संख्या घटाउन अभियान चलाउन ढिलाइ भइसकेको बताएका छन्। विद्यालय शिक्षा विधेयकमाथि अनेरास्ववियूको अन्तरक्रिया कार्यक्रममा बोल्दै कर्मचारी र शिक्षकलाई तलब खुवाउन नसक्ने अवस्थामा सांसदहरूको संख्या घटाउनुपर्ने बताए।

उनले भने, ‘यतिधेरै प्रदेश बनाएका छौँ। यति धेरै मन्त्री बनाएका छौँ। कर्मचारी र शिक्षकहरूलाई तलब खुवाउने पैसा छैन। अब हामीले प्रदेशको संख्या घटाऔँ, सांसदको संख्या घटाऔँ भनेर अभियान चलाउनुपर्छ समानुपातिकमा विज्ञहरूलाई नै माथिल्लो सदनमा लैजाऔँ त्यहीबाट मन्त्री बनाऔँ भनेर अभियान चलाउन आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस