कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०८२, ०७ : ३२
कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको कदम सफल भएको बताएका छन्।

गगन थापालाई सभापतिका रुपमा सबैले स्वीकार गरेको भन्दै उनले यस्तो बताएका हुन्। उनले सबै नेता एउटा चुनाव चिह्नमा निर्वाचनमा जान तयार हुनु ठुलो उपलब्धि भएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा सक्रिय नेता भण्डारीले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसालाई विशेष महाधिवेशनले प्रमाणित गरेको बताए।

‘युवा नेतृत्वको पहिलो कदम सफल। जसले जसलाई जुन शब्दले सम्मान गरे पनि, सबै नेता निर्वाचनमा जान तयार हुनु र एउटै चिन्हमा जानु वर्तमान परिवेशमा नेपाली कांग्रेसको ठूलो उपलब्धि हो’, उनले फेसबुकमा लेखेका छन्, ‘यसले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसा लाई प्रमाणित गर्दछ। हाम्रो प्रयास सफल भएको छ। अब आवेगमा होइन, सबै मिलेर समाल्नु पर्दछ।’