काठमाडौँ । एसियन गेम्स छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले हङकङविरुद्ध टस आफ्नो पक्षमा पार्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ।
सिंगापुरस्थित सिंगा ओभलमा भइरहेको उपाधि प्रतिस्पर्धामा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि विपक्षी टोलीलाई ब्याटिङको निम्तो दिएका हुन्।
उक्त खेल कप्तान दीपेन्द्रसिंह ऐरीका लागि विशेष अवसरसमेत बनेको छ। हङकङविरुद्धको फाइनल उनको टी–२० अन्तर्राष्ट्रिय करिअरको १००औँ खेल हो।
नेपाल फाइनलसम्मको यात्रामा सेमिफाइनलमा ओमानलाई आठ विकेटले पराजित गर्दै पुगेको हो। हङकङले भने अर्को सेमिफाइनलमा मलेसियामाथि जित निकालेर उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको थियो।
यसैबीच, तेस्रो स्थान निर्धारणका लागि भएको प्रतिस्पर्धामा मलेसियाले ओमानलाई आठ विकेटले हराउँदै प्रतियोगिता तेस्रो स्थानमा समाप्त गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ जेठ २०८३, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
एसियन गेम्स छनोट: सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै
एसियन गेम्स छनोटमा चीनमाथि नेपालको २२१ रनको जित
एसियन गेम्स छनोटका लागि महिला क्रिकेट टोलीको घोषणा