काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले युवा र वृद्धको परिभाषा उमेरका आधारमा मात्र गर्न नहुने धारणा राखेका छन्। उनले व्यक्तिको उमेर कम भएर पनि सोच पुरानै छ भने उसलाई युवा भन्न नमिल्ने तर्क गरेका हुन्।
“युवा वा वृद्ध भन्ने कुरा उमेरले मात्र होइन, सोचले पनि निर्धारण गर्छ,” भण्डारीले भनेका छन्, “उमेर सानो भएर सोच पुरानै छ भने त्यो युवा होइन, उमेर बढे पनि सोच नवीन र जिम्मेवार छ भने त्यही नै साँचो युवापन हो।”
पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको चर्चा चुलिएका बेला भण्डारीले हस्तान्तरणलाई केवल कुर्सी वा पदसँग मात्र नजोड्न आग्रह गरेका छन्। उनले अनुभवसँगै संस्कार, दृष्टिकोण, मूल्य-मान्यता, इमानदारिता र इच्छाशक्तिको हस्तान्तरण नै वास्तविक पुस्तान्तरण भएको उल्लेख गरेका छन्।
उनले दुवै पुस्तालाई संयमित र रचनात्मक बन्न सुझाव दिँदै भनेका छन्, “पुरानो पुस्ताले अहङ्कार होइन अनुभव दिनुपर्छ, नयाँ पुस्ताले अराजकता होइन नवीनता ल्याउनुपर्छ।” भण्डारीको यो भनाइलाई राजनीतिक वृत्तमा पुरानो अनुभव र नयाँ जोशको सन्तुलन मिलाउने सूत्रका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ फागुन २०८२, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी
राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी
कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी
संसद् पुनर्स्थापना गरेर जेन–जीका माग सम्बोधन गर्नुपर्छ : चन्द्र भण्डारी
अनुशासनको कारबाही प्रतिशोधमात्रै : चन्द्र भण्डारी
ईसीडीलाई दुई वर्ष बनाउनु व्यावहारिक हुन्छ : चन्द्र भण्डारी