राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०८२, १० : २६
राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि यात्रामा चुनौतीहरू कम नभएको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सत्ता र प्रेम दुवै शक्तिशाली तत्व भएर पनि कुन समयमा कुन तत्व द्वन्द्वमा परिणत हुन्छ भन्ने कुरा थाहै नहुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘राजनीति आकर्षक बन्दै जानु सकारात्मक पक्ष हो, तर यो यात्रामा चुनौतीहरू कम छैनन्। सत्ता र प्रेम दुवै शक्तिशाली तत्व हुन् तर कुन समयमा कुन तत्व द्वन्द्वमा परिणत हुन्छ, थाहै हुँदैन।’ 

उनले सत्ताबाट जन्मिने लोभ र मोहले अहंकार उत्पन्न गर्ने र अहंकारले आन्तरिक द्वन्द्व सिर्जना गर्ने भएकाले सम्हालिँदै अघि बढ्नुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्– सत्ताबाट जन्मिने लोभ र मोहले ‘म’लाई जन्माउँछ, ‘म’बाट अहंकार उत्पन्न हुन्छ, र अहंकारले अन्ततः आन्तरिक द्वन्द्व सिर्जना गर्छ।’

उनले सत्ता र शक्तिको आडमा उत्पन्न हुने लोभ र मोहको औषधी भनेको नेतृत्वको इच्छाशक्तिमा निहित इमानदारिता भएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस