काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ‘टिपटप समोसा’लाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाको बजार अनुगमन समितिले अखाद्य र अस्वच्छ खाद्यान्न बिक्री गर्दै आएको टिपटप समोसालाई उक्त जरिवाना तिराएको हो ।
महानगरपालिकाको वडा नम्बर १७ स्थित टिपटम समोसाको अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएको थियो । उक्त पसलले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको सूचना आएपछि बजार अनुगमनमा पुगेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
‘पसलमा बिक्रीमा राखिएको दुधबरी स्वच्छ पाइएन । दुधवरीमा प्रयोग भएका कच्चा पदार्थ अखाद्य पाइयो,’ पाण्डेले भने, ‘अनुगमनका क्रममा पसलले अबदेखि गुणस्तरीय सामाग्रीको बिक्री वितरण गर्ने प्रतिबद्धता जनाएको छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असोज २०८०, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज
काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन खुला
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने महानगरको तयारी, १५ दिनभित्र सम्पर्क गर्न निर्देशन
भरतपुर महानगरको प्रशासनिक भवन ‘सिंहदरबार’ निर्माणको काम अन्तिम चरणमा, भवन ६ तल्ले, कोठा २ सय २१