काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ‘टिपटप समोसा’लाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाको बजार अनुगमन समितिले अखाद्य र अस्वच्छ खाद्यान्न बिक्री गर्दै आएको टिपटप समोसालाई उक्त जरिवाना तिराएको हो ।
महानगरपालिकाको वडा नम्बर १७ स्थित टिपटम समोसाको अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएको थियो । उक्त पसलले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको सूचना आएपछि बजार अनुगमनमा पुगेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
‘पसलमा बिक्रीमा राखिएको दुधबरी स्वच्छ पाइएन । दुधवरीमा प्रयोग भएका कच्चा पदार्थ अखाद्य पाइयो,’ पाण्डेले भने, ‘अनुगमनका क्रममा पसलले अबदेखि गुणस्तरीय सामाग्रीको बिक्री वितरण गर्ने प्रतिबद्धता जनाएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असोज २०८०, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा
जेनजी आन्दोलनका शहीद परिवारलाई महानगरको आर्थिक सहयोग
काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन गर्दै
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र