काठमाडौ । हिमालयन रिइन्स्योरेन्सले आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
हिमालयनले ३ करोड कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
यस्तै, सान्भी इनर्जी लिमिटेडले पनि ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।
यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असोज २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला