काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बन्धित विषयमा ९० प्रतिशतभन्दा बढि ल्याएका विद्यार्थीलाई मात्र शिक्षक हुन दिनुपर्ने बताएका छन् ।
राम्रा विद्यार्थी सिए, इन्जिनियरिङ र अन्य विषय पढ्न जाने र केही नभएपछि एजुकेशन पढ्न आउने परिपाटी रहेको भन्दै उनले एजुकेशन विषय हेला गर्न नहुने बताए ।
‘हामीकहाँ राम्रा विद्यार्थी सिए पढ्न जाने, इन्जिनियरिङ पढ्न जाने अनि केही भएन भनेचाहिँ शिक्षकतिर । एजुकेशन विषय हेला गरिने विषय होईन । ९० ओभर नल्याउने विद्यार्थीलाई एजुकेशन लिन दिनु हुँदैन । ९० ओभर प्रतिशत नल्याउनेले के शिक्षक भएर काम गर्छ । यस्तो मान्छे शिक्षकमा छनोट हुनुपर्छ जो त्यस विषयमा ९० ओभरको विद्यार्थी हुनुपर्छ,’– आज भत्तपुरामा आयोजित ‘केपी बासँग विद्यार्थी’ कार्यक्रममा उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, २१ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली