काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बन्धित विषयमा ९० प्रतिशतभन्दा बढि ल्याएका विद्यार्थीलाई मात्र शिक्षक हुन दिनुपर्ने बताएका छन् ।
राम्रा विद्यार्थी सिए, इन्जिनियरिङ र अन्य विषय पढ्न जाने र केही नभएपछि एजुकेशन पढ्न आउने परिपाटी रहेको भन्दै उनले एजुकेशन विषय हेला गर्न नहुने बताए ।
‘हामीकहाँ राम्रा विद्यार्थी सिए पढ्न जाने, इन्जिनियरिङ पढ्न जाने अनि केही भएन भनेचाहिँ शिक्षकतिर । एजुकेशन विषय हेला गरिने विषय होईन । ९० ओभर नल्याउने विद्यार्थीलाई एजुकेशन लिन दिनु हुँदैन । ९० ओभर प्रतिशत नल्याउनेले के शिक्षक भएर काम गर्छ । यस्तो मान्छे शिक्षकमा छनोट हुनुपर्छ जो त्यस विषयमा ९० ओभरको विद्यार्थी हुनुपर्छ,’– आज भत्तपुरामा आयोजित ‘केपी बासँग विद्यार्थी’ कार्यक्रममा उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, २१ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी