काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण हुने भएको छ । विद्यार्थी मोर्चा भित्र रहेको समस्या समाधानका लागि भएको सहमतिअनुसार अब विद्यमान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय भएको हो । सोहीअनुसार यथाशिघ्र विधान सम्मेलन र राष्ट्रिय सम्मेलनको मिति तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादीका अनुसार आयोजक समितिमा पदाधिकारी विस्तार गर्ने र विस्तार गर्दा २२ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रहेका र हाल केन्द्रीय समितिमा क्रियाशिल सदस्यहरुको एउटा तहलाई मापदण्ड मानी स्वतः बढुवा गर्ने निर्णय भएको छ । अध्यक्ष, उपाध्यक्षहरु र महासचिव रहेको कार्यालय टिम बनाउने निर्णयसहितको जानकारी मातहतका कमिटीमा सुर्कलरमार्फत दिइएको छ ।
आयोजक समिति सदस्य केही विस्तार गर्ने र यसो गर्दा २२ औं राष्ट्रिय सम्मेलनका सिनियर प्रतिनिधिहरु मध्यबाट समान स्तरको आधारमा छनौट गर्ने सहमति भएको छ । मातहतका कमिटीमा रहेका असमझदारी हटाउने र यसको लागि गृहकार्य गर्न एउटा कार्यदल बनाउने निर्णय पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन