काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिवङ्गत संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन्।
नेकपा (एमाले)को संसदीय दलको बैठकलाई बिहीवार सम्बोधन गर्दै उनले स्वर्गीय नेम्वाङ सफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताएका हुन्।
उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने दाबी गरेका छन्। उनले नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसदको गरिमा बढाएको बताए।
अध्यक्ष ओलीले नेम्वाङ संविधान र कानुन उल्लङ्घन गर्नु नहुने मान्यतामा रहेको बताए।उनले भने, ‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन। उहाँ चुनिएपछि वास्तवमै दलिय स्वार्थभन्दा माथि उठेर, वास्तवमै संसदीय गरिमा बढाउन, संवैधानिक इमान्दारिता र कानुनको हिसाबले चल्नुपर्छ। आफूले आफैलाई पनि कानुनमा बाँध्नुपर्छ। कानुनको उल्लङ्घन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो। र उहाँ एउटा सफल राजनेताको रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त हुनुहुन्थ्यो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली