गौर । पूर्वमन्त्रीसमेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीवकुमार यादवले साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन् ।
उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाई विपक्षी बनाएका छन् ।
सांसद साहको निर्देशनमा आफूलाई घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्याउने काम गरेको उनको अभियोगमा उल्लेख छ ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिति सदस्यसमेत रहेका यादवको मुद्धामा चाँडै सुनवाइ हुने अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह