काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले म्याद थपको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् ।
बुधबार वीरगंजको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जेन जेड आन्दोलनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद थपिएकोमा प्रश्न उठाएका छन् ।
‘तपाईंको नेतृत्वको सरकारको आयु नै सकिने बेला भइसक्यो, तर आयोगको म्याद चाहिँ लम्बिएको लम्बिएछ, किन ? उनले प्रधानमन्त्री कार्कीलाई प्रश्न गरे ।
गत भदौ २३ र २४ गते जेन जेड आन्दोलन भएको थियो । २३ गते १९ जनाको मृत्यु भएको थियो भने २४ गते समेत गरेर ७६ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा सार्वजनिक र नीति सम्पत्तिमा समेत तोडफोड र आगजनी भएका थिए ।
आन्दोलनपछि बनेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन भएको थियो । सुरुमा आयोगलाई तीन महिनाको समय दिइएको थियो ।
काम नसकाएपछि आयोगको म्याद थपिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०८२, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा