कोहलपुर । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट तीन लाख रुपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमदलाई सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाहले नियन्त्रणमा लिएको हो । युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई स्रोत नखुलेको तीन लाख रुपैयाँसहित पक्राउ गरिएको हो ।
भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको जिल्ला भन्सार कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ