कोहलपुर । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट तीन लाख रुपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमदलाई सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाहले नियन्त्रणमा लिएको हो । युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई स्रोत नखुलेको तीन लाख रुपैयाँसहित पक्राउ गरिएको हो ।
भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको जिल्ला भन्सार कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ