काठमाडौँ । वैदेशिक रोजगारीमा अल्वानिया पठाइदिने भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ०४ स्थायी घर भई हाल सिनामंगल बस्ने २५ वर्षीया सुधा चौधरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाइदिने भन्दै दुई लाख बहत्तर हजार रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको थियो । विभागपत्रको आधारमा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चौधरीलाई सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ