काठमाडौँ । वैदेशिक रोजगारीमा अल्वानिया पठाइदिने भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ०४ स्थायी घर भई हाल सिनामंगल बस्ने २५ वर्षीया सुधा चौधरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाइदिने भन्दै दुई लाख बहत्तर हजार रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको थियो । विभागपत्रको आधारमा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चौधरीलाई सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ