काठमाडौं। खलङ्गा–दार्चुलामा लागुऔषध चरेससहित दुई जना समातिएका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बैतडीको पुर्चौँडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालयको टोलीले जाँच गर्दा दुवैजनाको साथबाट गरी आठ किलो आठ सय ५० ग्राम चरेस बरामद भएको हो ।धामीको साथबाट ६ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको प्रहरी निरीक्षक सिंहले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ