काठमाडौँ । काठमाडौँ महानगरपालिका-१२ भोटेवहालको एक होटलबाट जुवातास खेलिरहेका ३ जना पक्राउ परेका छन् ।
काठमाडौँ छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ टेकु बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका २२ वर्षीय लक्ष्मीराम रोकाया समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रुपैयाँ र १६ बुक ताससहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ