मकवानपुर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको विकल्प खोज्ने समय आएको बताएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ सरस्वतीमा बिपी वाटिकाको उद्घाटन पश्चात् पत्रकारहरूसँगको कुराकानीमा नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउने प्रकारका अभिव्यक्ति व्यक्त गरेको बताए ।
सरकारको नेतृत्व गरिरहेका व्यक्तिले नै सामाजिक द्वन्द्व भड्काउने गरी सडक आन्दोलनमा युवाहरू उतार्ने लगायतका अभिव्यक्ति दिएको प्रति उनले आपत्ति प्रकट गरे । सो विषयमा कांग्रेसले सरकारलाई आफ्नो ट्र्याकमा ल्याउन पहल गर्ने उनले बताए । सरकार आफ्नो ट्र्याकबाट बाहिर गइरहे वा अहिले कै रवैया कायम राखेको खण्डमा काँग्रेसले सरकारको नेतृत्वको परिवर्तन बारे छलफल तथा पहल अघि बढाउने उनको भनाई छ ।
‘प्रधानमन्त्रीले नै नेपालमा जातीय राज्य कायम गर्ने, युवाहरूलाई सडकमा उतार्ने लगायतका अभिव्यक्ति दिँदै आएका छन् । यसले जातीय, धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउन मद्दत गर्छ । सामाजिक द्वन्द्व भड्काउने प्रकृतिको अभिव्यक्ति दिन सरकारको नेतृत्व गरिरहेका व्यक्तिले दिन मिल्दैन,’ उनले भने, ‘प्रधानमन्त्रीले यस्ता समस्याहरू समाधान गर्नुपर्छ । हामी सरकारलाई सही बाटोमा हिँड्न सुझाउँछौ । अब सरकार सच्चिएर अघि बढ्दैन भने फरक ढङ्गबाट कांग्रेसले सोच्नुपर्छ । सरकारको नेतृत्वको विषयमा कांग्रेसले छलफल र पहल अघि बढाउँछ ।
सरकार सञ्चालन भएको खण्डमा देश अप्ठ्यारो स्थितमा पुग्ने दाबी गरे । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने उनले बताए । कांग्रेसको काधमा लोकतन्त्र र राष्ट्रियतालाई बचाउने जिम्मेवारी आएको उनले बताए । कांग्रेसको नेतृत्वमा देश समृद्ध बन्ने र लोकतन्त्र र राष्ट्रियता बलियो हुने उनको भनाइ छ ।
‘कांग्रेस देशको ठुलो दल हो । काँग्रेससँग ९० सिट छ । अहिलेको सरकार र राष्ट्रियता लोकतन्त्रलाई बचाउने विषयमा पार्टीमा छलफल गरेर अघि बढ्नुपर्ने अवस्था आएको छ । हाम्रो पार्टीमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था रहेको छ,’ उनले भने ।
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले संगठन भित्रका आन्तरिक समस्याहरूलाई सामान्य ढङ्गबाट बुझ्न नेता कोइरालाले आग्रह गरे । लोकतान्त्रिक पार्टी भित्रको अन्तर्द्वन्द्व सामान्य हुने उनले बताए ।
‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । पार्टीभित्र असन्तुष्टि हुन्छ । हरेक पार्टीभित्र समस्या आउँछ । तर बोल्न चाहँदैनन् वा पाउँदैनन् । यसलाई समाधान गर्दै अघि बढ्नुपर्छ । कांग्रेसमा गुनासो र चित्त नबुझेको बोल्न पाइन्छ । जस्तो समस्या भए पनि कांग्रेस विभाजन हुँदैन,’ नेता कोइरालाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्
भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला
शेखर कोइराला होइन्, देउवा नै चाहन्थे सत्ता समिकरण फेर्न
'कुलिङ अफ पिरियड’ नराख्न संशोधन हालेर एमालेबाट धोका भएको भन्दै शेखरले जनाए आपत्ति
विद्या भण्डारीलाई भेट्न भंगाल पुगे शेखर कोइराला, के भयो छलफल ?