काठमाडौं । नेकपा एमालेले कोशी सरकारलाई विश्वासको मत जुटाउनका लागि नेपाली कांग्रेस लगायतका दलहरूसँग छलफल भइरहेको बताएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मध्यावधिले प्रदेशप्रति जनताको वितृष्ण बढाउने उल्लेख गर्दै सबै दलहरूलाई मिलाएर सहमतिको सरकारको प्रयास भइरहेको बताए ।
उनले भने, ‘प्रदेशसभाका सबै दलहरूलाई त्यहाँको शक्ति सन्तुलनको अवस्था छ । सहकार्यको मोडालिटी विकास गरेर जाऔँ भन्ने छ ।सबैलाई कुनै न कुनै हिसाबमा मिलाएर सहमतिको सरकारको प्रयास हुनेछ ।’
संविधान मिचेकोले परिणाम अहिले भोगिरहेको उल्लेख गर्दै उनले कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए । कांग्रेस नेताहरूसँग निरन्तर सम्पर्क भइरहेको उल्लेख गर्दै उनले अगाडि भने, ‘सम्पर्क गरिहरेका छौँ । पहिलोबाट नै भनिरहेका थियौँ । कांग्रेसले जिम्मेवार भूमिका खेलोस् भन्ने प्रयास हुने छ । हामी संवाद गर्छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग