काठमाडौ। मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् । मोरक्कोमा भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न शनिवार तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
मोरक्कोमा शुक्रवार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।१८.५ किलोमिटरको गहिराइमा भूकम्प केन्द्रबिन्दु बनाएर गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु मोरक्कोको चौथो ठूलो शहर र लोकप्रिय पर्यटकीय गन्तव्य माराकेसबाट ७० किलोमिटर दक्षिण पश्चिम रहेको अल हाउज प्रान्तको इघिल शहर नजिक रहेको छ ।
भूकम्पमा परी मृत्यु हुनेमा धेरै जसो भूकम्पको केन्द्र नजिकैको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ ।
रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो । तौराडान्ट र माराकेस सहरहरूमा धेरै घरहरू भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते