काठमाडौ। मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् । मोरक्कोमा भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न शनिवार तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
मोरक्कोमा शुक्रवार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।१८.५ किलोमिटरको गहिराइमा भूकम्प केन्द्रबिन्दु बनाएर गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु मोरक्कोको चौथो ठूलो शहर र लोकप्रिय पर्यटकीय गन्तव्य माराकेसबाट ७० किलोमिटर दक्षिण पश्चिम रहेको अल हाउज प्रान्तको इघिल शहर नजिक रहेको छ ।
भूकम्पमा परी मृत्यु हुनेमा धेरै जसो भूकम्पको केन्द्र नजिकैको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ ।
रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो । तौराडान्ट र माराकेस सहरहरूमा धेरै घरहरू भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताइवानमा ६.४ म्याग्निच्युडको भूकम्प
टर्कीमा गयो भूकम्प, सात जना घाइते
कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
भारतको मणिपुरमा भूकम्पका दुई झट्का
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प
बैतडी केन्द्रबिन्दु भएर मध्यरातमा ५.१ म्यानिच्यूडको भूकम्प