बुटवल। पश्चिम नवलपरासीको सरावलबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । आइतबार सरावल गाउँपालिका–७ भुजहवाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका रामपत गुप्ता र सोही ठाउँका गफ्फार राइन कुजडा रहेका छन् ।
उनीहरूले कम्मरमा पेटीले बाँधेर ल्याएको रकममा १ हजार १९० थान हजार र १ हजार ६२० थान पाँच सयका नोट रहेका छन् ।नम्बर प्लेट नराखिएको मोटरसाइकलमा जाँदै गरेका दुई जना युवालाई शंका लागेर जाँच गर्दा उनीहरूको साथमा स्रोत नखुलेको २० लाख फेला परेको नवलपरासीका प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताए ।
पक्राउ परेको स्थल भारतीय सीमानजिक हो । पक्राउ परेका व्यक्तिमध्येका गुप्ताले आफूलाई दाइले कारोबारको रकम लिन पठाएको प्रहरी समक्ष बताएका छन् ।पक्राउ स्थलबाट १ किलोमिटर दुरीमा रहेको एक गल्ला (धान, गहुँलगायतका खाद्य सामाग्री खरिद गर्ने पसल) व्यवसायीसँग रकम लिन पठाएकाले सोही रकम लिएर आएको गुप्ताले बताएका छन् ।
सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँबाट कारोबार हुने गर्दछ । सीमा क्षेत्रमा नेपाल र भारतीय व्यापारीहरूबीच व्यापारिक कारोबार हुने गरेको छ । उक्त रकम भारतीय व्यापारीबाट नेपाली व्यापारीले ल्याएको हुन सक्ने आशंका गरिएको छ ।यद्यपि सीमा क्षेत्रमा हुण्डीको कारोबार हुने र लागुऔषध ओसारपसारका लागि पनि उक्त रकम ल्याएको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच जना जुवाडे पक्राउ
१७ वर्षीया किशोरी बलात्कार आरोपमा नगरपालिका इन्चार्ज पक्राउ
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ
प्रतिबन्धित औषधिसहित १ जना पक्राउ
काठमाडौँबाट नक्कली परीक्षार्थी पक्राउ
यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट ६ जना बिचौलिया पक्राउ