जाजरकोटमा अख्तियारको टोलीमाथि स्थानीयको आक्रमण

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०८०, ०७ : ५८
जाजरकोटमा अख्तियारको टोलीमाथि स्थानीयको आक्रमण

काठमाडौ । जाजरकोटमा अख्तियारको टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्।

शुक्रबार दिउँसो भेरी नगरपालिका ५ मा निर्मित वडा कार्यालयको भवन निरीक्षण गर्न गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन्। अख्तियारका पाँच जना कर्मचारी भवन निरीक्षणमा भएका थिए ।

स्थानीय चक्रबहादुर मल्लसहितका ४ जनाको समूहले अख्तियारको टोलीमाथि आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

आक्रमणबाट अख्तियारका कर्मचारी सवार गाडीका चालक मानबहादुर ठाडा मगर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसारआक्रमणमा संलग्न मल्लसहित तीनजना पक्राउ परेका छन्।

भवन निर्माणको मुचुल्कामा सही गर्ने विषयमा विवाद हुँदा अख्तियारको टोलीमाथि आक्रमण भएको डीएसपी रोकाले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।